अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले दाबी गर्ने

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:४६ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरेको छ । प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठुलो रहेकाले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्न पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने निर्णय गरेको सो पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रवक्ता दुर्गा विकले बताउनु भयो ।

आज नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो । गठबन्धन नतोड्ने तर सरकारको नेतृत्व आफूहरुले पाउनु पर्ने माग ठुलो दल भएका नाताले स्वाभाविक आफ्नो भएको नेता विकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू