अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

इजलास बहिष्कार गर्ने न्यायाधीशहरुको विरोधमा सडक नाटक प्रदर्शन

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:०२ मा प्रकाशित

सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरुको एक समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायापालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप कलाकारहरुको समूहले मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन् ।

उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरुसमेत प्रदर्शन गरेका थिए। प्लेकार्डमा मुद्धा सुनुवाइ गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर जस्ता नारा उल्लेख गरिएको थियो ।

त्यस्तै सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशहरुबाट गरिएको हड्तालले न्यायमूर्तिको स्वभाव दिएन, इजलासमा बसेर न्याय देउ, होइन भने राजीनामा देउ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा लगायतको प्लेकार्ड प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू