अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

विवेकशील साझा विवाद– मिलन पाण्डे समूहले रवीन्द्र मिश्रको दस्ताबेज खारेज गर्यो

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:२१ मा प्रकाशित

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रको दस्ताबेज लाई खारेज गरेको छ । आज शुक्रवार बसेको पाण्डे पक्षीय केन्द्रीय समितिको बैठकले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ’मार्ग परिवर्तन’ नाम दिइएको दस्ताबेजलाई खारेज गरिदिएको हो । पाण्डे समूहले अध्यक्ष मिश्रको दस्तावेज वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको हो ।

‘दस्ताबेजले पार्टीको विधानलाई मिचेको, जनआन्दोलनका उपलब्धिहरूलाई अवमूल्यन गरेको र नागरिकको अपूर्व बलिदानबाट निर्माण गरिएको संविधानलाई निस्तेज बनाउँदै सामाजिक द्वन्द्व निम्त्याउने खतरा बढेको ठहर गर्दै पार्टीलाई पश्चगामी बाटोमा जानबाट जोगाउने र लोकतान्त्रिक, अग्रगामी र सुसंस्कृत राजनीतिको बाटोमा अविचलित भइ अगाडि बढ्ने निर्णय गरियो’, पाण्डे समूहले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू