अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

आन्तरिक उत्पादन प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध – अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:०५ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले सरकार आन्तरिक उत्पादन प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको पनि बताउनुभयो ।

अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गर्ने पनि बताउनुभयो ।

उहाँले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यपारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताउनुभयो । उहाँले सरकारले काठमाडौं उपत्यकामा १२ वटा पार्क बनाउने योजना अघि सारेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू