अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

सर्वोच्च अदालतमा आज ‘शून्य सुनुवाइ’

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:५३ मा प्रकाशित

सर्वोच्च अदालतमा आज सबै मुद्दामाथिको सुनुवाइ रोकिएको छ । तोकिएका कुनै पनि इजलास बस्न नसक्दा आज ‘शून्य सुनुवाइ’ को दिन बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आफ्नो एकल इजलाससहित आठ इजलास तोक्नुभएको थियो । आजका लागि एक सय ६७ थान मुद्दाको पेसी तोकिएको थियो । जबराले २८ मुद्दाको सुनुवाइ आफ्नो इजलासमा तोक्नुभएको थियो । प्रधानन्यायाधीशले आफ्नै इजलास तोकेसँगै सर्वोच्चमा शून्य सुनुवाइको अवस्था नरहने आँकलन गरिएको थियो ।

सर्वोच्चका अनुसार आज एक जना पूर्व न्यायाधीशको निधन भएका कारण कुनै पनि इजलास नबसेको हो । यसअघि सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ भएको थिएन । हिजो भने प्रधानन्यायाधीश जबराको एकल इजलासले पाँच मुद्दामाथि सुनुवाइ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू