अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

सरकारमा रहँदा ओलीद्धारा शोषण र राज्य स्रोतको दोहन – अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:५२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको शोषण र उत्पीडनविरुद्ध आफूले विद्रोह गरेको बताउनुभएको छ । सरकारमा रहँदा ओलीले शोषणसँगै राज्यको दोहन गरेको र राम्रालाई भन्दा नराम्रालाई संरक्षण गरेको नेपालले आरोप लगाउनुभयो ।

बिहीबार पार्टीको कञ्चनपुर जिल्लास्तरीय विस्तारित बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले बाटो बिराएको र सुधार्न खोज्दा मैमत्त भएको बताउनुभयो । ओलीलाई पार्टी र संगठन सबै आफैजस्तो भइरहेको उहाको टिप्प्णी थियो । ओलीलाई गणतन्त्र पनि मन नपरेको र नचाहिएको नेपालको भनाई थियो ।

नेकपा (एस) पुरानै पार्टीको निरन्तरता भएको अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो । उहाँले पुष्पलालले खोलेको पार्टीको विचार नै समाजवादीले बोकेको बताउनुभयो ।। मदन मण्डारीले ल्याएको जनताको बहुदलीय जनवादमा मात्रै सीमित नभएर समयक्रमअनुसार परिमार्जन गरिएको नेपालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू