अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

बागमती प्रदेशका मुख्मयन्त्री शाक्यद्धारा राजीनामा

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:१५ मा प्रकाशित

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुख यादव शर्मा समक्ष उहाँले आज आफ्नो राजीनामा बुझाउनुभएको हो । आज प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने घोषणा गर्नुभएको केही बेरमा उहाँले प्रदेशप्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाउनुभएको हो । १ सय ९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा पर्नुभएको थियो ।

हाल प्रदेशसभामा एमालेको ४३ सांसद मात्र छन् । मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन् । उनीहरूले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत गरेका छन् । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखले अर्को सरकार गठन गर्न दिएको समय भित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दावी पेश गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू