अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

कम्युनिष्ट आन्दोलनमा नयाँ विद्रोह – नेकपा समाजवादी अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ८:१७ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विद्रोहको झिल्को बलेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले विद्रोहको राँको बालेर संविधान रक्षा गर्दै जनताको चाहना पूरा गर्न अगाडि बढेको बताउनुभयो ।सर्लाहीको हरिवनस्थित द्वन्द्वपीडित बालगृहमा मंगलबार आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको हैकमवादी प्रवृतिका कारण नै आफूहरुले विद्रोहको राँको बाल्नु परेको स्पष्ट पार्नुभयो ।। उहाँले ओलीको हठकै कारण दुईतिहाईको सरकार ढाल्नु परेको र नयाँ पार्टीको नेतृत्व गर्नु परेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्टका पुराना पिंढीदेखि नयाँ युवाहरु आफ्नो साथमा रहेको दाबी गर्नुभयो। उहाँले कम्युनिष्टको क्रान्तिकारी बिरासतलाई बोक्दै मुलुकको ७४ जिल्लामा पार्टीको कमिटी बनेको र ३ जिल्लामा कमिटी निर्माण भइरहेको बताउनुभयो । सातै प्रदेशमा पार्टी संगठन बनेको जनाउँदै नेपालले प्रदेश–२ मा ओलीलाई उछिनिसकेको दाबी गर्नुभयो ।

नेकपाको तर्फबाट दुई तिहाईको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी पाएका ओलीले अनुचित काममात्र गर्न थालेपछि आफूहरु विपक्षमा उभिएको नेपालको भनाई थियो । ओलीले मुलुकको अधिकांश स्थानमा अस्पतालको शिलान्यास गर्ने काममात्र गरेको नेता नेपालको आरोप छ । उहाँले तत्कालीन प्रधानमन्त्री ओली गफाडी प्रधानमन्त्रीको रुपमा गिनिज बुकमा लेखिने आरोप लगाउनुभयो । अध्यक्ष नेपालले आगामी निर्वाचनमा ५ दलीय गठबन्धन अगाडि बढ्ने भन्दै ओली नेतृत्वको एमालेसँग भने सहकार्य नगर्ने स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू