अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश जबराको राजीनामा माग

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:४५ मा प्रकाशित

डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्नुभएको छ । न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै डा. केसीले प्रधानन्यायाधीशको राजीनामा माग्नुभएको हो ।

सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले भन्नुभएको छ, –‘न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं ।’ उहाँले जबराको पदीय हैसियतको अवज्ञा गर्न अपील गर्दै तत्काल राजीनामा नदिएमा राणाको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू