अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेलाई सर्यो

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:५६ मा प्रकाशित

प्रदेश १ को प्रदेशसभा बैठक एक हप्ता पर सरेको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आज बोलाइएको प्रदेशसभा बैठक आउँदो १५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेश सभा सचिवालयले सूचना निकालेर आजका लागि बोलाइएको बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । नेपाली काँग्रेस र नेकपा (एमाले)को आग्रहमा बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ । यसअघि अस्ति शुक्रबार मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव टेबुल गर्नुभएको थियो ।

तर त्यसदिन पनि सभामुख भण्डारीले बैठक स्थगित गर्नुभएको थियो । तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै गत भदौ १० गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू