अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

नेतृत्वको आचरण र प्रवृृत्तिबारे खुलेर समीक्षा गर्नु पर्ने बेला आयो – नेता पौडेल

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:५४ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आचरण र प्रवृत्तिको खुलेर समीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।आइतबार बर्दियाको बाढीग्रस्त क्षेत्र राजापुरको अनुगमनमा आउनु भएका नेता पौडेलले कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीभित्र अधिनायकवाद र मनपरीतन्त्र मौलाउदै गएको टिप्पणी गर्नुभयो ।

लोकतान्त्रिक पद्धतिमा अबतारले नभइ जनताले आफै शासन गर्न पाउनु पर्ने उहाँको भनाइ थियो । कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेर सभापति शेरबहादुर देउवालाई सचेत गराइरहेको भन्दै नेता पौडेलले क्रियाशील सदस्यता विवाद चाँडो टुङ्ग्याएर प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रभावित जनतालाई राहतका लागि सरकारलाई दवाब दिने आश्वासन दिनुभयो । कांग्रेस नेता जन्मजय तिमिल्सिनाले बर्दियाका १ हजार ८ सय प्रभावित परिबारलाइ तत्कालका राहत र कर्णाली नदीको तटबन्धका लागि सरकारले आबश्यक बजेट बिनियोजन गर्नुपर्ने माग गर्नुभयो । अनुगमनमा कांग्रेस केन्द्रीय मंगल थारु, प्रतिनिधि सभा सदस्य सन्जय गौतम, प्रदेस सभा सदश्य भुबनेश्वर थारु लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू