अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३
| Colorodo: 16:58
सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल थालेको जानकारी दिनुभयो ।
मन्त्री रेग्मीले विपद्ले थप पीडामा परेका सुत्केरी, नवजात शिशुको स्तनपान, गर्भवती महिलालगायतलाई तत्काल राहत दिने काम भने स्थानीय सरकारको भएको स्पष्ट गर्नुभयो । मन्त्री रेग्मीले विपद्मा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।