अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

सोल्टी होटेलमा पूर्वराजपरिवारको चियापान र फोटोसेसन

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ८:०८ मा प्रकाशित

राजधानीको सोल्टी होटलमा पुर्व राजपरिवारका सदस्यहरुले चियापानसहित फोटोे सेसन गरेका छन् । हिमानी ट्रष्टले शुक्रबार अपराह्न तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदानको कार्यक्रम राखेको थियो । कार्यक्रममा तीन सय भन्दा बढीलाई आमन्त्रण गरिएकोमा गैरराजनीतिक व्यक्तिहरूको उपस्थिति उल्लेख्य रहेको थियो । उपस्थितहरुमध्ये अधिकांश कलाकारहरू रहेको बताइएको छ ।

वरिष्ठ कलाकार, खेलाडी, साहित्यकार, पत्रकारलगायतको सहभापगता रहेको कार्यक्रममा ट्रष्टका अध्यक्ष हिमानी शाहले पाहुनाहरुको स्वागत गर्नुभएको थियो । आयोजित कार्यक्रममा पूर्वयुवराज पारस,पूर्वराजा ज्ञानेन्द्र शाह , पूर्वअधिराजकुमार हृदयेन्द्र र परिवारका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

पूर्वराजा शाहले उपस्थितहरुलाई फोटो खिच्नका लागि अनुरोध गर्दै उहाँपनि सहजै फोटोसेसनमा सहभागी हुनुभयो । फोटो खिचिसकेपछि हिमानी, पारस र ज्ञानेन्द्र सबैले खिच्नेहरूलाई धन्यवाद भन्दै तिहारको शुभकामना दिनुभएको थियो । कार्यक्रममा पूर्वरानी कोमल भने देखिनुभएन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू