अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

शेयर बजार ६० अङ्कले बढ्यो, कारोबार रकम भने तीन अर्ब पनि पुगेन

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२३ मा प्रकाशित

लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ । नेप्से आज ६० दशमलव ५६ अङ्कले बढेर दुई हजार पाँच सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ३२ अङ्कले, विकास बैंक समूहको एक सय ४१, व्यापारको ९०, होटलको ९२, फाइनान्सको एक सय २१ र माइक्रोफाइनान्स समूहको शेयर ९९ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर एक सय आठ अङ्कले, जीवन बीमा समूहको एक सय ८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय ४८, उत्पादन समूहको एक सय २२ र अन्य समूहको शेयर ६३ अङ्कले बढेको छ । आज दुई सय १७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाबाहेक सबैको शेयर बढेको छ ।

सबैभन्दा धेरै मैलुङ खोला हाइड्रो, आँखु खोला जलविद्युत्, युनिभर्सल पावर कम्पनी, सीईडीबी हाइड्रो र नेशनल हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नेप्से बढे पनि कारोबार सङ्ख्या र रकम भने घटेको छ । आज ६१ लाख एक हजार कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू