अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

गुल्मीमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, ६ जना घाइते

बिआरटीनेपाल २०७८ असोज २९ गते ३:४० मा प्रकाशित

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गएराति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका-३ चुँदारीकी १९ वर्षकी सङ्गिता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिनु भएको छ । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा गएराति नै ज्यान गएको हो ।

दुर्घटनामा परि जीप चालक कमल थापा, खिमा थापा, जुना थापा, सुमित्रा सुनार ,राधा के.सी र राजु थापा घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एक जनाको भने गुल्मी अस्पताल तम्घासमा नै उपचार भइरहेको छ । जीप अनियन्त्रित भइ सडकबाट ५ सय मिटर लत खसेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू