अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 05:07

नेपालकाे मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:५१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दशैँका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले आज शुभकामना सन्देश जारी गर्दै विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

सन्देशमा उहाँले भन्नुभएको छ, ‘हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।’ अध्यक्ष नेपालले दशैँ, तिहार, नेपाल संवत् ११४२, छठ, ल्होसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू