अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

मेलिना राई र सन्जिबको ‘सुन प्रिय’मा उषा र आशिष्

बिआरटीनेपाल २०७८ असोज २७ गते ६:५१ मा प्रकाशित

काठमाडौँ । गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।घुम्ने, रमाउने उमेरका युवा युवतीहरूको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा पर्नेहरूको कथालाई नजिकबाट देखाइएको भिडियोमा सुन्दरी मोडल उषा उप्रेतीका साथमा आशिष् पाण्डे, बिनु गुरुगं र नवराज बस्नेतको अभिनय देख्न सकिन्छ ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द सृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयमकै सङ्गीत सृजना रहेको छ । जसको एरेन्ज र मिक्सिगं एण्ड मास्टरिगं शैलेन्द्र मान प्रधान (बाबु)ले गरेका हुन् । सोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायाङ्कन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् । भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् ।

प्रतिक्रिया