अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

गजलकार तथा साहित्यिक स्रष्टा महेश बरालको “म ढलेपछि”

बिआरटीनेपाल २०७८ असोज २७ गते ६:३३ मा प्रकाशित

गजलकार तथा साहित्यिक स्रष्टा महेश बरालको “म ढलेपछि” श्रोतामाझ हिजो दिव्यज्योती एड-केयर स्कुलको ओफिसियल युट्युब च्यानलबाट रिलिज गरियो ।

वियोगान्त प्रेमको कथावस्तुलाई इङ्गित गरेको यस गीतले प्रेममा धोका खानेहरूको लागि साङ्गीतिक मलहम लगाउने गजलकार महेश बराल भन्नू हुन्छ । ” हीरालाई हिराले काट्छ, फलामलाई फलामले काट्छ” त्यस्तै गरी प्रेममा धोका पाई दिनरात मुटु जलाइ निष्ठुरीको यादमा तडपि रहने प्रेमीलाई भ्वाइस अफ नेपाल टप १० कर्णराज गिरीको सुमधुर आवाजले केही समय नै भए पनि राहत दिने विश्वास गरेका छन् । यस गीतमा अजित रायमाझी, शर्मिला डिसी तथा राजु ग्याबकले अभिनय गरेर गीतलाई जीवन्त बनाएका छन् । दिनकर दाहालको निर्माणमा रहेको यो गीतले धेरै श्रोता तथा दर्शकको मन जित्न सफल रहने निर्माण पक्षको दाबी छ ।

 

प्रतिक्रिया