अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

एमाले र माओवादी एक भएर कम्युनिष्ट आन्दोलन अघि बढाउन् – चीन

बिआरटीनेपाल २०७८ असोज २६ गते २०:०६ मा प्रकाशित

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले यहाँका दुई ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रले एक भएर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन् भन्ने चाहेको बताउनुभएको छ । राजदूत होउले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १०० वर्ष पुगेको अवसरमा नेपाली नेताहरुको विचारसहितको किताबको भर्चुअल विमोचनका दौरान मंगलबार यस्तो धारणा राख्नुभएको हो ।

‘मैले देखेको छु कि एमालेले भर्खरै आफ्नो प्रथम विधान अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ र पार्टी निर्माणलाई सुदृढ पार्न नयाँ निर्णयहरु गरेको छ । माओवादीले पार्टीको नेतृत्व सुदृढ पार्न र पार्टीको संगठन सुधारमा केन्द्रित धेरै बैठकहरु पनि गरेको छ,’ राजदूत होउले सम्बोधनको क्रममा भन्नुभएको छ । ।राजदूत होउले ती क्रियाकलापहरुले दुई पार्टीहरुद्वारा पार्टी निर्माणसँग सम्बन्धी कामलाई महत्व दिएको देखाएको बताउनुभयो। ‘म चाहन्छु कि एमाले र माओवादी आफ्नो मौलिक आकांक्षामा साँचो रहन र आफ्नो मिसन दृढतासँग राख्नको लागि संयुक्त रूपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्छ,’ उहाँले भन्नुभएको छ ।

भर्चुअल कार्यक्रममा एमालेका तर्फबाट पूर्वपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र माओवादीका तर्फबाट पूर्वमन्त्री शक्ति बस्नेत सहभागी हुनुहुन्थ्यो । चीनकै ‘सहजीकरण’ मा चार वर्षअघि एमाले र माओवादीबीच चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म पुगेको समाचार आएका थिए ।तर पार्टीको आन्तरिक द्वन्द्व र निर्वाचन आयोगमा रहेको अर्को नामसँग जुधेपछि सर्वोच्च अदालतले एकीकृत प्रक्रियालाई अवैध भन्दै नयाँ रुपमा एकीकरण अघि बढाउन आदेश दिएको थियो । आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको समयमा आएको अदालतको फैसलाले एमाले र माओवादीको फरक दलको रुपमा रहँदैआएका छन् । अध्यक्ष केपी शर्मा ओलीसँगको विवादको कारण एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ राजनीतिक दल नेकपा एकीकृत समाजवादी खोल्नुभएको छ ।

‘नेपाल डायलग फोरम’ ले आयोजना गरेको उक्त कार्यक्रममा चिनियाँ राजदूत होउले फेरि एक पटक मिलेका दुई कम्युनिष्ट पार्टीलाई मिलेर कम्युनिष्ट आन्दोलनसँग मिलेर लानको लागि गरेको आह्वानले चीन नेपालमा नेकपा पार्टी फुटेको हेर्न नचाहेको फेरि प्रष्ट पार्नुभएको हो । राजदूत होउले नेपालले र माओवादीसँगै नेपालका अन्य राजनीतिक दलहरुसँग पनि सहकार्य गरेर अघि बढ्नेमा जोड दिनुभयो । तर उहाँले एमाले र माओवादी बाहेक अन्य पार्टीको नाम भने लिनुभएन ।

राजदूत होउले देश–देश, जनता–जनता र दल–दलसँग चीनले सम्बन्ध अघि बढाउन चाहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले सीपीसीको विधान चलेको र भ्रष्ट्राचारमा शून्य शहनसिलताको नीति अपनाएको बताउनुभयो । उक्त कार्यक्रममा एमाले सचिवसमेत रहेका ज्ञवालीले छोटो समयमै मित्रराष्ट्र चीनले हासिल गरेको समृद्धि कम्युनिष्ट पार्टीको लागि परीक्षा भएको उल्लेख गर्नुभयो । माओवादीका नेता बस्नेतले कार्यक्रममा किताबमाथि नै विचार राख्नुभयो । उहाँले एक सय वर्षमा चीनले हासिल गरेको सफलताको विषयमा चर्चा गर्नुभएको सथयो । उक्त किताबमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीपीसी एक सय वर्ष पुगेको विषयमा टिप्पणी गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू