अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

चलचित्र ‘डाँडाको वरपीपल’ मंगलवारदेखि सिनेमा हलमा रिलिज

बिआरटीनेपाल २०७८ असोज २५ गते २२:३७ मा प्रकाशित

नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ मंगलवारदेखि सिनेमा हलमा रिलिज हुँदैछ ।  शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।

कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द भएपछि रिलिज भएको यो पहिलो नेपाली चलचित्र हो । अन्य पाँच दर्जन चलचित्र निर्माण सम्पन्न भएर रिलिजका लागि तयारी अवस्थामा रहे पनि प्रदर्शन गरिएका छैनन् । दर्शक चलचित्र हेर्न हलसम्म जान्छन् कि जाँदैनन् भन्ने निश्चित नभएका कारण चलचित्रहरु रिलिज गरिएका छैनन् ।

चलचित्र ‘डाँडाको वरपीपल’ बूढासुब्बा मुभिजले डिजिटल प्लेटफर्मका लागि निर्माण गरेको चलचित्र हो ।

प्रतिक्रिया