अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

राजसंस्था पाखा लगाएपछि देश अभिभावकविहीन बन्यो– राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:५१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकविहीन भएको बताउनुभएको छ । तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा सोमबार आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको कार्यक्रममा अध्यक्ष थापाले देश अभिभावकविहीन भएको बताउनुभयो ।

संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको तर्क गर्दै अध्यक्ष थापाले नेपाल नेपाल बाह्य शक्तिहरूको रणनैतिक थलो बनेको बताउनुभयो । नेपालमा हरेक महत्वपूर्ण निर्णयहरूमा बाह्य शक्ति हाबी भइरहेको उहाँको भनाइ छ ।

अहिलेको प्रजातन्त्रमा सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा ब्रह्मलुट गरिरहेको थापाको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू