अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

रुपन्देहीको मोतीपुर घटनाको छानबिन गर्न एमालेको माग

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:४८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुटवलको मोतीपुरमा सरकारले दमन गरेको भन्दै विरोध गरेको छ । आज सोमवारको राष्ट्रिय सभाको बैठकमा एमालेका सदस्य खिमलाल भट्टराईले अरू नागरिकले दशैँ मनाइरहँदा बुटबलका सुकुम्बासीलाई सरकारले दशा निम्त्याइदिएको भन्दै विरोध गर्नुभयो ।

गृह मन्त्री बालकृष्ण खाणले आफ्नै जिल्लाका सुकुम्बासीमाथि अत्यधिक बल प्रयोग हुँदा कुनै निर्देशन नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । राष्ट्रिय सभा सदस्य भट्टराईले मृतकलाई क्षतिपूर्ति, घाइतेको उपचार र घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउने क्रममा हिजो ठूलो झडप भएको थियो । झडपमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । यस्तै १६ जना सर्वसाधारण र ४९ जना प्रहरी घाइते भएकोमा चार जना प्रहरीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू