अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

नेपालमा थप ७ जनाको कोरोनाका कारण मृत्यु, १ हजार २ सय ८२ जनामा सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:०६ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ८३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ८१ पिसिआर परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ४ सय ७ एन्टिजेन परीक्षण गर्दा ३ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ७ लाख ९२ हजार ३ सय ६७ र ९० हजार ८ सय ५४ जनामा एन्टिजेन विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसरका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ८३ हजार ३ सय २१ पुगेको छ ।

गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये १ हजार २ सय ६२ जना स्वस्थ भएका छन् भने थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार १ सय १ पुगेको छ भने ७ लाख ६२ हजार ४ सय १६ जना स्वस्थ भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू