अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

रूपा सुनारमाथि विभेद गर्ने घरबेटी प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न अदालतको आदेश

बिआरटीनेपाल २०७८ असोज ६ गते २०:०६ मा प्रकाशित

रुपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो ।बुधबार थुनछेक बहस पछि घरबेटी प्रधानलाई धरौटी तिर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।

गत असार १ गते कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिईन् । घरबेटी प्रधानबाट आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले मुद्दा दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू