अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

एमालले १६ सांसदलाई पदमुक्त गर्न माग गरेको मुद्धामा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:३४ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले कारवाही गरेको १४ जना संघीय र २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दर्ता गरेको मुद्दाको विषयमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले आज विपक्षी निर्वाचन आयोग, सभामुखलगायतले गरेका निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट वैशाख २७ मा विश्वासको मत लिने क्रममा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेको १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै अदालतमा रिट दायर भएको छ । सो निर्णय कार्यान्वयन गराउन एमालेले भदौ १ गते सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराएको थियो ।

तर सभामुख सापकोटाले आवश्यक निर्णय नगरेको भन्दै ओली अदालत पुग्नुभएको हो । त्यस विषयमा आवश्यक कारवाही नगरेको भन्दै एमाले सांसदहरुले संसद् बैठक निरन्तर रुपमा अवरुद्ध पार्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू