अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

रोहिङ्ग्या शरणार्थी बेचबिखनको आरोपमा काठमाण्डौबाट तीन जना पक्राउ

बिआरटीनेपाल २०७८ असोज ४ गते ९:०४ मा प्रकाशित

बङ्गलादेशको शरणार्थी शिविरमा रहेका रोहिङ्ग्याहरूलाई प्रभावमा पारेर नेपाल ल्याउने तीन जना मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा काठमाण्डौमा कपडा बेच्दै हिँड्ने म्यानमारका नुरुल अमिन, काठमाण्डौको एक हार्डवेयर पसलमा काम गर्ने म्यानमारकै सोफिक अलाम र काठमाण्डौमा कपडा पसल गर्ने बङ्गलादेशका अज्मत उल्लाह रहेका छन् ।

उनीहरूले नेपालमा गएपछि मासिक भत्ता राम्रो पाइने, नेपालबाट अमेरिका जान परिचय पत्र पाइनेजस्ता प्रलोभन देखाएर एक व्यक्तिबाट दुई लाख ५० हजार बङ्गलादेशी रकम लिइ ओसारपसार गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

पक्राउ परेकाहरूले शरणार्थीलाई महिनामा पुरुषलाई प्रति–व्यक्ति पाँच हजार सात सय ५०, महिलालाई तीन हजार सात सय ५० र बालबालिकालाई दुई हजार सात सय ५० रुपैयाँ भत्ता सुविधा पाउने प्रलोभन देखाएका सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू