अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

नेपालमा थप १ हजार ६६ जनामा कोरोना पुष्टि, १२ सय ३४ जना संक्रमणमुक्त

बिआरटीनेपाल २०७८ असोज २ गते ७:४६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ३ सय ८५ जनाको नमुना परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये ९ दशमलव ३६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । आज थपिएका सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ७२ हजार ८ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ३४ संक्रमित निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही अवधिमा थप १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २८ पुगेको छ । अहिले नेपालमा २५ हजार ८२ जना सक्रिय संक्रमित रहेकामा ३ सय ८९ जनाको आईसीयू र १ सय २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै २४ घण्टामा एक लाख ७० हजार तीन सय १७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । यो सहित नेपालमा ५५ लाख ६१ हजार ८ सय ८५ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा र ६१ लख ९८ हजार ९ सय ३६ जनाले एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू