अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

सञ्चयकोषको परियोजना उत्पादनमूलक क्षेत्रमा लगाउन अर्थमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७८ भदौ ३१ गते ७:२८ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाएर सञ्चयकर्ताहरूको लागि सजिलो वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ ।

कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ । सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरूको लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुति खर्च उपलब्ध गराउँदै आएको छ भने सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख रुपैयाँ प्रदान गर्दछ ।

वि.सं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र वि.सं.२०१७ मा सञ्चयकोष विभागको नाममा यो सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू