अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

देश बजेटविहीन हुनुमा देउवा सरकार दोषी’– योजना आयोग पुर्वउपाध्यक्ष कँडेल

बिआरटीनेपाल २०७८ भदौ ३० गते ७:५२ मा प्रकाशित

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले देश बजेटविहीन हुनुमा सरकार स्वयम् जिम्मेवार रहेको बताउनुभएको छ । विभिन्न राजनीतिक खिचातानी लगायत कारणले देशले बजेट शून्यताको स्थिति (बजेट होलिडे) सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दै उहाँले अहिले देश बजेट शून्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताउनुभएको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताउनुभयो । नेकपा एमालेका नेतासमेत रहनुभएका उहाँले सरकारले आफूलाई चाहिएको डकुमेन्ट बलजफ्ती पास गरिरहेको दाबी पनि गर्नुभयो । उहाँले बजेट अधिवेशन पार्टीलाई फुटाउनका लागि बन्द गरेर अर्को अध्यादेश ल्याउनुबाट सरकारको नियत स्पष्ट भएको टिप्पणी गर्नुभयो ।

पूर्वउपाध्यक्ष कँडेलले सरकारको न्यूनतम साझा कार्यक्रम र प्रतिस्थापन विधेयक गन्तव्यहीन भएको पनि टिप्पणी गर्नुभयो । उहाँले प्रतिस्थापन विधेयक कुन परिवेशमा आधारित भएर ल्याइएको भन्ने नै स्पष्ट नभएको तर्क गर्नुभयो । उहाँले पूर्ववर्ती सरकारले १५ औँ आवधिक योजनामा आधारित भएर र दलको घोषणा पत्रमा उल्लेख भएको न्यूनतम साझा कार्यक्रममा आधारित भइ बजेट ल्याएको तर प्रतिस्थापन विधेयक भने आधारहीन देखिएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू