अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

सभामुखप्रतिको आशंका कायमै छ – सुवास नेम्वाङ

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:३३ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उहाँप्रति आशंका भएको बताउनुभएको छ ।

नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उहाँले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताउनुभयो ।सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उहाँले बताउनुभयो । उहाँले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू