अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

राष्ट्रिय गीत ‘हामी नेपाली हामी गोर्खाली’ बेलायतबाट रिलिज

बिआरटीनेपाल २०७८ भदौ १७ गते ६:३० मा प्रकाशित

काठमाडौँ । सुरेश राज पाठक, मधुसूदन थापा मगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतका शब्द सृजना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको सङ्गीत रहेको छ । बेलायतमा छायाङ्कन गरिएको भिडियो नेपाल चलचित्र कलाकार सङ्घ युकेको प्रस्तुतिमा तयार भएको हो ।

गङ्गाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुव दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय देख्न सकिन्छ ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायाङ्कन र सम्पादन रहेको छ । भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन् भने व्यवसायी सुमन पुनले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया