अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

थाहा पाइराख्नुस् तितेकरेला खाँदाका फाइदाहरु

बिआरटीनेपाल २०७८ साउन २६ गते ८:४४ मा प्रकाशित

रकारीको रुपमा खाइने तितेकरेलाको नामले नै थाहा हुन्छ कि यसको स्वाद तितो हुन्छ भनेर । तितो हुनाले नै धेरैलाई यो मन नपर्ने कारण बनेको छ भने कतिलाई यसको तितोपना नै स्वादिष्ट लाग्छ । तितेकरेलालाई जुस, तरकारीका परिकार, अचार, सुकुटी बनाएर तरकारी बनाएर खान सकिन्छ । यसरी खाइने तितेकरेलाका केही बेफाइदा छन् भने धेरै फाइदाहरु छन् ।

यहाँ तितेकरेलाका फाइदाबारे जानकारी दिइएको छ । करेलामा विभिन्न पौष्टिक तत्वहरू पाइन्छ । तिते करेलामा क्याल्सियम, पोटासियम, कपर, आइरन र भिटामिन (ए, बि–१, बि–२) पाईन्छ । यसको नियमित प्रयोगले चिनीजन्य अर्थात् मधुमेह तथा अन्य रोगीलाई फाइदा पुर्याउने गर्दछ ।

तिते करेला खानुका फाइदाहरु :

–करेलाको रसले पत्थरीको समस्या हटाउँछ
करेलाको रस सेवनले पत्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ। ताजा करेलाको रस सेवन गर्नाले पत्थरी बाहिर निस्कने गर्छ।

–मधुमेह रोगीका लागि फाइदा
मधुमेहका रोगीहरूलाई करेला उपयोगी हुन्छ । करेलाले रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ । विशेषगरी टाइप–२ मधुमेहका रोगीहरूलाई करेला निकै फाइदाजनक हुन्छ ।

–ग्याँसको उपचार
करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अपच जस्ता समस्याको समाधान पनि हो।

–कलेजोको समस्या समाधान
कलेजो स्वस्थ राख्न करेला निकै उपयोगी हुन्छ । कलेजो सफा र स्वस्थ राख्न करेला खानु पनि आवश्यक छ । करेलामा पाइने तत्वले कोशिकाहरूको निर्माण पनि गर्छ । करेला नियमित खानाले कलेजो सम्बन्धी समस्या हुन दिँदैन ।

–रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
करेलामा पाइने खनिज र भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने जोखिम कम भएर जान्छ।

–पेटको दुखाइ कम गर्ने
ठूलो चम्चाको एक चम्चा करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ । करेलाको रस पेट दुखाइ कम गर्न अचुक औषधि मानिएको छ ।

–हैजा निको पार्ने
हैजा लागेमा करेला खानु लाभदायी हुन्छ । करेलाको रसमा अलिकति प्याज र कागतीको रस मिसाएर खाएमा फाइदा पुग्छ । साथै, ताजा करेला पिँधेर यसमा अलिकति नून मिलाएर हैजाका रोगीलाई दुई–तीनपटक खान दिनु राम्रो हुन्छ ।

–मिर्गौलाको पत्थरी भएकालाई फाइदाजनक
करेला पत्थरी भएकाहरूका लागि पनि फाइदा जनक हुन्छ । साथै, मिर्गौलामा पत्थरी भए करेला खाने गरेमा सो समस्याबाट छूटकारा पाउन सकिन्छ । करेलामा पाइने तत्वले पत्थर टुक्रा–टुक्रा पार्ने काम गर्छ, जसले गर्दा टुक्रिएका पत्थर पिसाब मार्फत शरीर बाहिर निस्कन्छ ।

–आँखाको समस्या समाधान गर्न
बच्चादेखि नै कतिपयलाई आँखासम्बन्धी विभिन्न रोगले सताउने गर्छ । हुर्कने क्रमसँगै बालबालिकालाई आँखासम्बन्धी विभिन्न समस्या देखा पर्छ । यस्ता समस्या कम गर्न करेला खानु दाभदायक हुन्छ ।

–छाला सम्बन्धी रोग निको पार्न मद्यत
करेलाले छालाजन्य रोगीलाई समेत फाइदा गर्छ । करेला नियमित खाएमा वा यसलाई मिस्रीमा पिसेर रातको समयमा लेप लगाउँदा पनि छालाजन्य समस्या कम हुन्छ । करेलाको रसमा कागतीको रस मिलाएर लाउँदा पनि मुसा, दादलगायत छालासम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू