अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

प्रधानसेनापति थापासँग अमेरिकी राजदूतको भेट

बिआरटीनेपाल २०७८ साउन १९ गते ८:१८ मा प्रकाशित

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू