अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताब दर्ता

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:३७ मा प्रकाशित

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ । विगतमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको तर उक्त प्रस्ताव प्रक्रियामा जानु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भन्दै विपक्षी गठबन्धनले तत्कालीन प्रदेश प्रमुखबाट पुनः असंवैधानिक रुपमा पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन् ।

प्रदेशसभाका ३४ सदस्यले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको बताएका छन् । अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा विपक्षी गठबन्धनले प्रस्तावित मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नाम उल्लेख गरेका छन् ।

विपक्षी गठबन्धनले हिजो प्रदेश प्रमुख अमिक शेरचन समक्ष लिखित निवेदन पेस गरेको थियो । यसैबीच, गठबन्धनले प्रदेशसभाको विशेष अधिवेशनका लागि पनि प्रदेश प्रमुख शेरचन समक्ष समावेदन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू