अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

विमला निरौलाको तीजको कोसेली प्रवासमा चेली

बिआरटीनेपाल २०७८ साउन १८ गते ८:४६ मा प्रकाशित

अमेरिका । अर्को नयाँ तिज गीत बजारमा फेरी आएको छ । अमेरिका निवासी विमला निरौलाको रचनामा ‘प्रवासमा चेली’ बोलको गीत सार्वजनिक भएको छ । प्रवासमा रहेका चेलीहरूको भावनालाई समेट्दै सार्वजनिक गरिएको यस गीतमा स्वर तथा लय अम्बिका भण्डारीले दिएकी छन् । यो तीज गीतलाई साहिल गायकले एरेन्ज गरेका छन् ।

यस गीतको उत्पादन तथा वितरण नमस्ते पोखरा ब्रोडकास्टीङ स्टुडियोले गरेको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने हेतुले ‘प्रवासमा चेली’ बोलको गीत बजारमा ल्याएको निर्माण पक्षले बताएको छ । शिव राजा भुर्तेलद्वारा निर्देशन तथा सम्पादन गरिएको यो गीतमा करुणा भण्डारी, भावना पन्त, स्वाइक्षा सुबेदी, इन्दिरा शर्मा लगायतको नृत्य प्रस्तुत गरिएको छ । भिडियोलाई सुरेश भुर्तेलले खिचेका छन् ।

प्रतिक्रिया