अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

कोभिडबिरुद्ध काम गर्ने ८६ स्वास्थ्यकर्मी र संस्थालाई बारबरा फाउन्डेसनले सम्मान गर्यो

बिआरटीनेपाल २०७८ साउन १६ गते ७:२४ मा प्रकाशित

बारबरा फाउन्डेसनले कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका ८६ स्वास्थ्यकर्मी तथा संस्थालाई ‘फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान’द्वारा सम्मानित गरेको छ। राष्ट्रिय सभा गृहमा आयोजना गरिएको विशेष समारोहमा महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान गरिएको हो। विभिन्न विधा अनुसार सम्मानित व्यक्तिलाई १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म प्रदान गरिएको थियो।

फाउन्डेसनले सुरक्षा–सतर्कता तथा स्वास्थ्य मापदण्ड अपनाउँदै विभिन्न ६ वटा विधाका स्वाथ्यकर्मी तथा संस्थालाई सम्मान गरेको थियो।फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान अन्तर्गत संस्थागत विधामा भरतपुर अस्पताल चितवन, पाटन अस्पताल ललितपुर, नेपाल प्रहरी अस्पताल काठमाडौँ, नेपाल एपीएफ अस्पताल काठमाडौँ, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह काठमाडौँ, हामी नेपाली काठमाडौँ, नेपाल एम्बुलेन्स सेवा काठमाडौँ लगायत ७ वटा संस्थालाई सम्मानित गरेको छ ।

कार्यक्रममा चिकित्सकलाई पनि सम्मान गरिएको थियो। कोभिड–१९ विशिष्ट सम्मान चिकित्सक विधामा डा। मनिष सुवेदी, रुपेशकुमार गामी, डा। ज्ञानेन्द्र मल्ल, डा। निरजकुमार सिंह, डा.गुरु चरण साह, डा. नन्दु पाठक, डा. कालेब कुमार बुढा, डा..निकिता चौधरी, डा. राजन पाण्डे, डा. भन्द्रेश कुमार सिंह, डा. निरञ्जन दत्त शर्मा, डा. अशिष श्रेष्ठ, डा. कुन्दु श्रेष्ठ, डा.रोशन झा लगायत २० जना चिकित्सकलाई सम्मान गरिएको छ ।

फाउन्डेसनले सपना तामाङ, सुनिता फुयाल, ममता श्रेष्ठ, मन्जु देउला, सुस्मिता देव, सुभद्रा चौधरी, पुष्पा कुमारी, शान्तिमाया लिम्बु, बन्दना चौधरी, चिना गाहा लगायत नर्सिङ विधाका २७ जनालाई पनि सम्मान गरेको छ । फाउन्डेसनले व्यवस्थापन अन्तर्गत १४ जना सार्वजनिक नीति अन्तर्गत ५ जना गरी १९ जनालाई सम्मान प्रदान गर्यो । मेडिकल सपोर्टमा ९ जनालाई सम्मान गरिंदा स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई सम्मान गरको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू