अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

प्रधानमन्त्री देउवालाई एमाले नेता माधव नेपालको सुझाव- प्रधानमन्त्री मात्रै होइन सहयोगी पनि ’काबिल’ चाहिन्छ

बिआरटीनेपाल २०७८ साउन १४ गते ७:५९ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा नेता नेपालले आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने गरेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न पनि सुझाव दिनुभयो । प्रधानमन्त्री मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उहाँले सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल, समर्पित र रचनात्मक चाहिने बताउनुभयो । उहाँले बाघको रक्षामा सबैले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उहाँले बताउनुभयो ।

नेता नेपालले वातावरण संरक्षणका लागि हिमाली देशको छुट्टै सङ्गठन बनाउन आवश्यक धारणा व्यक्त गर्दै जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा त्यस्तो सङ्गठन आवश्यक भएको अभिमत राख्नुभयो । उहाँले सन् १९१२ मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले अघि सारेका रणनीति बाघ संरक्षणमा उपयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू