अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

गुल्मी जिप दुर्घटनाः मत्यु भएका तीन जना मध्ये दुईजनाको सनाखत

बिआरटीनेपाल २०७८ साउन १३ गते ८:१८ मा प्रकाशित

गुल्मीमा जिप दुर्घटना हुँदा मत्यु भएका तीन जना मध्ये दुईजनाको सनाखत भएको छ । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरका अन्दाजी ४५ वर्षका तेजेन्द्र थापा, वडा नम्वर ५ हरेवाका उमेर नखुलेका रेशम कार्की को पहिचान भएको हो ।मृतक मध्य एकजना महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनु भयो । जिपमा सवार अन्य ७ सात जना घाइते छन्। घाइतेहरु सबैलाई गुल्मी अस्पतालमा ल्याइँदै गरेको प्रहरीको भनाइ छ ।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू