अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

जसपाको संसदीय दलको विधान पारित, दलको नेता चुन्न निर्वाचन समिति गठन

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२४ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको विधान पारित गरेको छ ।निर्वाचन आयोगबाट आधिकारिकता पाएको भोलिपल्ट मंगलवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान पारित गरेको हो ।

बैठकले संसदीय दलको नेता चुन्नका लागि तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समिति संयोजकमा नवराज सुवेदी, सदस्यहरू रमेश यादव र सुशीला श्रेष्ठ रहनुभएको छ ।

निर्वाचन आयोगले कार्यकारिणी सदस्यहरुको हेड काउन्टपछि बहुमतको आधारमा उपेन्द्र पक्ष अध्यक्ष रहेको जसपालाई आधिकारिक दलको मान्यता दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू