अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

सभामुख र अर्थमन्त्रीबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ साउन ११ गते ७:४२ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेटमा संघीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

भेटमा उहाँहरूबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलिब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो । सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू