अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

गरिब नागरिकलाई निःशुल्क विद्युत – उर्जामन्त्री भुसाल

बिआरटीनेपाल २०७८ साउन ११ गते ७:३४ मा प्रकाशित

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएको छ ।सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारी समेत दिनुभयो ।

मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भईनसकेको स्पष्ट पार्नु भयो । निर्णय गरेपछि फेरि जानकारी गराउने उहाँले उल्लेख गर्नुभयो । मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सार्नु भयो । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उहाँको भनाई थियो ।

मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । त्यसैगरी उहाँले ट्रान्समिसन लाईन निर्माणको काममा तीव्रता दिने पनि बताउनुभयो ।मन्त्री भुसालले कृषि योग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुको विकल्प नरहेको पनि उहाँले बताउनु भयो ।

मन्त्री भुसालले संविधानमा नै मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीलगायतका आधारभूत बस्तुको सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने सोंच बनाएको स्पष्ट पार्नु भयो । मन्त्री भुसालले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जा लगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिईसकेको जानकारी समेत दिनु भयो । आयोजनाहरु जग्गाको मुआब्जाका कारण अघि बढन नसकेको अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू