अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

जसपाको विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ

बिआरटीनेपाल २०७८ साउन ११ गते ७:३३ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बस्नुभएको छ ।सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उहाँले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बस्नुभएको हो । डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित हुनुभएका चौधरी केहीबेर नेताहरुसँग छलफल गरेर बाहिरिनुभएको थियो ।

आफू कुनै पक्षमा लाग्नु भन्दा मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिइएको उहाँले बताउनुभयो । आयोग परिसरमा पत्रकारसँग बोल्दै निलम्बित सांसद चौधरीले आफ्नो एकमात्र एजेण्डा न्याय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू