अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

असोज दोस्रो सातापछि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउनसक्छ : सरकार

बिआरटीनेपाल २०७८ साउन ११ गते २:१६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा आगामी दशैं अगावै कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने प्रक्षेपण गरेको छ ।मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा असोज दोस्रो सातापछि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने बताएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै मन्त्रालयले मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको छ ।

भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले संक्रमणलाई न्यून गर्न सकिने मन्त्रालयका सहसचिव गंगा लोहनीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू