अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

भीम रावलको राजिनामा गठबन्धन भत्काउने अदृश्य शक्तिको प्रयास : प्रचण्ड

बिआरटीनेपाल २०७८ साउन ९ गते ३:३७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताउनुभएको हो । तर गठबन्धन बचाउन आफू लागिपरेको उहाँको भनाइ छ ।

एमसीसीमा भिडाएर झगडा गराउन खोजेको उहाँको आरोप छ । संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको उहाँको टिप्पणी छ ।

संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताउनुभयो । सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको प्रष्ट पार्नुभयो । जनतालाई सरकार भएको अनुभूति गराउनका लागि साना/साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई उहाँको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू