अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

प्रचण्ड र माधव नेपाललाई वैद्यको सुझाव – “प्रधानमन्त्रीको लोभ त्यागेर नागरिकका लागि काम गरौँ”

बिआरटीनेपाल २०७८ साउन ८ गते ९:०५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संसद् र सरकारमा रहेका कम्युनिस्टहरूलाई मिलेर जान आग्रह गर्नुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनुभएको हो ।

अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर नागरिकको सेवामा लाग्न पनि सुझाव दिनुभयो ।

त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताउनुभएको छ । वैद्यले ओलीको कार्यशैली इगो र पद–प्रतिष्ठामै अड्किएको बताउनुभयो । उहाँले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संसदवादी कम्युनिस्टहरूलाई फेरि मिलेर अघि बढ्न सुझाउनुभएको छ । अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू