अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

आगामी माघ महिनासम्ममा मुद्रास्फीती १० प्रतिशत पुग्ने राष्ट्र बैंकको अनुमान

बिआरटीनेपाल २०७८ साउन ६ गते ०:३६ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आगामी माघ महिनामा मुद्रास्फीती १० प्रतिशत पुग्ने अनुमान गरेको छ । केन्द्रिय बैंकको सर्वेक्षणले ९४ प्रतिशत उत्तरदाताले आगामी माघसम्ममा १० प्रतिशत पुग्ने अनुमान गरेको हो ।राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको जानकारी दिएको छ ।

यस क्रममा सर्वेक्षणमा आधारित विधि प्रयोग गरी पहिलो सर्वेक्षण २०७७ माघ महिनामा सम्पन्न गरी यससम्बन्धी प्रतिवेदन प्रकाशन गरिएको उल्लेख छ ।सर्वेक्षणमा सातै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट उनीहरूको मुद्रास्फीतिसम्बन्धी अपेक्षा संकलन गरिएको उल्लेख छ ।

सर्वेक्षणमा सहभागी उत्तरदाताको अनुमानका आधारमा गणना गर्दा चालु महिना ( माघ, २०७७) को औसत मुद्रास्फीति आठ प्रतिशत, तीन महिनापछिको औसत मुद्रास्फीति ८ दशमलव ७ प्रतिशत तथा एक वर्षपछिको औसत मुद्रास्फीति १० प्रतिशत हुने अपेक्षा रहेको पाइएको सर्वेक्षणले देखाएको छ । आगामी तीन महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ८६ दशमलव ९ प्रतिशत र आगामी एक वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत रहेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू