अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

गङ्गा वरदानको नयाँ गीत धराने हावा तोङ्गबाको पानी

बिआरटीनेपाल २०७८ असार १६ गते ७:२४ मा प्रकाशित

धरान । लोकप्रिय लोकगायक गङ्गा वरदानले आफ्नो नयाँ गीत “धराने हावा तोङ्गबाको पानी” युट्युब मार्फत सार्वजनिक गरेका छन् । विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा श्रोता- दर्शकहरूले मन पराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रूपमा रिलिज गरिएको हो ।

२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै सङ्कलनमा ” दाइ त् काले भाइ पनि काले ” गीत गाएर प्रथम स्थान हासिल गरेका गङ्गा वरदानले २०३१ सालमा धरानमा आयोजित पुर्वान्चल व्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा ” छपनीले छान छान डबकीले हान “गीत गएर प्रथम भएका थिए भने २०३५ सालमा रेडियो नेपालमा ” कहाँमा काट्यो बेतको लौरी “आफ्नै शब्द , सङ्गीत र स्वरमा रेकर्ड गरेका थिए। २०५५ सालमा गङ्गा बरदान भाग -१, २०५७ मा भाग -२ र २०६० मा भाग -३ एल्बम बजारमा ल्याएका गायक वरदानले त्यस यता भने कुनै एल्बम तथा गीतहरू बजारमा ल्याएका छैनन् । अहिले आएर १८ बर्षपछि उनको नयाँ गीत रिलिज भएको छ ।

हाइकिङ बाबाको रूपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजीव हलवाईको रचना तथा वरदानकै सङ्गीत रहेको उक्त गीतको चाँडै भिडियो समेत बनाइने भएको छ । उमेरले ६९ टेकेका र गीत -सङ्गीतमा लागेको ५० वर्ष काटेका गायक बरदान आफ्ना केही पुराना गीतहरू समेत आफ्नो स्वरमा फेरि रिरेकर्ड गर्ने योजनामा छन्।

हाल आफ्नो श्रीमतीको साथ धरानमै बसोबास गर्ने गायक, रचनाकार तथा सङ्गीतकार गङ्गा वरदानका छपनीले छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानी, जीउको मासु, अरुनै तर्यो जस्ता थुप्रै लोकप्रिय गीतहरू रहेका छन् ।

धराने हावा तोङ्गबाको पानीको भिडियो लिङ्क :

प्रतिक्रिया