अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

बहुमत सदस्यको बहिस्कारपछि ललितपुर महानगरको बजेट रोकियो

बिआरटीनेपाल २०७८ असार १० गते ९:१० मा प्रकाशित

बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेट रोकिएको छ ।बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेछ प्रस्तुत हुन नसकेको नगरपालिकाले जनाएको छ ।अब तीन दिनपछि फेरि नगरसभा बस्नेछ । यदि तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभएमा फेरि दुई दिनपछि अर्को सभा बोलाउने नगरपालिकाले जनाएको छ ।

सो नगरसभा बैठकमा बहुमत सदस्य उपस्थित नभए एक तिहाइ सदस्यको हस्ताक्षर जुटाएर विशेष सभा आह्वान गर्ने महानगरपालिकाको योजना छ । बुधबार नगरसभामा रहेका ९२ सदस्यमध्ये ६६ जनाले बैठक बहिस्कार गरेका थिए ।

बहिस्कार गर्नेहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । आफूहरुसँग नीति तथा कार्यक्रम र बजेटबारे छलफल नगरिएको भन्दै बहुमत नगरसभा सदस्यले असन्तुष्टि जनाउँदै आएका थिए ।ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल कांग्रेसबाट निर्वाचित भएका हुन् । मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित भएपनि नगरसभा र नगर कार्यपालिकामा उनीहरु अल्पमतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू