अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

मजदुरलाई खोपको व्यवस्था गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न माग

बिआरटीनेपाल २०७८ असार १० गते ९:०५ मा प्रकाशित

मजदुरलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायी र यातायात मजदुरहरूले माग गरेका छन् ।बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रूपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यातायात मजदुरलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।

यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको तथा मजदुरहरू भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेकाले आफूहरूको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । प्रशासनले यस विषयमा सकारात्मक भएको र संक्रमणको अवस्था हेरेर निर्णय गर्ने जानकारी दिनएको उहाँको भनाइ छ । सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा आफूहरूलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने यातायात मजदुरको माग छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू