अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक अर्ब ३३ लाख रुपैयाँ विगो दाबी

बिआरटीनेपाल २०७८ असार ९ गते ७:५१ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगले बुधवार शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुबाट एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगो मागदाबी गरिएको छ । कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो ।

उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू